Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

ट्रम्प प्रशासनको अन्तिम समय तिरको पहिलो मृत्युदण्ड कार्यान्वयन


२६ मंसिर २०७७, शुक्रबार १७:२४

इण्डिआना राज्यमा क्षमादानका लागि गरिएको अन्तिम समयको अनुरोधलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि मृत्युदण्डको सजाय पर्खिरहेका ब्रान्डन बर्नार्डको सजाय कार्यान्वयन गर्दै उनलाई मृत्युदण्ड दिइएको छ ।

चालिस वर्षका बर्नार्डलाई सन् १९९९ मा उनी किशोर अवस्थामा छँदा नै हत्याको अभियोगमा दोषी ठहर गरेर सजाय सुनाइएको थियो र उनी झण्डै सत्तरी वर्षयता संघीय सरकारले मृत्युदण्ड कार्यान्वयन गरेको सबैभन्दा कम उमेरका दोषी हुन् ।

बिहीवार विषको इन्जेक्सनबाट मृत्यु वरण गर्नुअघि उनले आफूले हत्या गरेको जोडीका परिवारसमक्ष क्षमायाचना गरेका थिए । उनले तीन मिनेटसम्म बोलेर आफ्नो अन्तिम भावना अभिव्यक्त गरेका थिए ।

उनलाई मृत्युदण्ड दिने समय निर्धारित समयभन्दा दुई घण्टा ढिलो भएको थियो। उनका वकिलहरूले अन्तिम समयसम्म पनि सजाय कार्यान्वयन रोक्न सर्वोच्च अदालतमा निवेदन दिएका थिए जुन सफल हुन सकेन । अफ्रिकी अमेरिकी मूलका ती व्यक्ति दुईजना गोरा जोडी टेड र स्टेसी बाग्लीलाई अपहरण गरेर लुटपाट गरेको र ज्यान मारेको अभियोग लागेका पाँचजनाको समूहका एक सदस्य थिए।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल समाप्त हुनु अघि अझै थप चारवटा मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने योजना रहेको छ।

यदि मृत्युदण्डको सबै पाँचवटै सजाय कार्यान्वयन भएमा एक शताब्दीयता सबैभन्दा धेरै मृत्युदण्ड कार्यान्वयन भएको कार्यकाल राष्ट्रपति ट्रम्पको हुनेछ ।

बर्नार्डलाई सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन नगर्न हजारौँ मानिसहरूले राष्ट्रपति ट्रम्प समक्ष आग्रह गरेका थिए।

सिनेटरहरू रिचर्ड जे डर्बिन, क्वोरी ब्रुुकरका साथै रियालिटी टेलिभिजन स्टार किम कार्डाशिअन वेस्ट लगायतका व्यक्तित्वहरूले पनि अन्तिम समयसम्म मृत्युदण्ड रद्द गर्न आह्वान गरेका थिए।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.