Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

क्यानाडामा फाइजर खोपलाई स्वीकृति


२५ मंसिर २०७७, बिहीबार ०९:०९

क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी संस्था हेल्थ क्यानाडाले खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो ।

अर्काे हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अर्काे हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्काे हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिए । उनले खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताए ।

उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।

त्यस्तै फ्रान्समा भने लकडाउन नै रहेको छ । यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयाण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप शुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुदा समस्या हुनसक्ने बताइएको छ । यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण गरेर खोप शुरु गर्ने जानकारी गतहप्ता नै दिएको हो ।

विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।

संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ । यो भाइरसबाट अमेरिकमा मात्रै संक्रमितको संख्या डेढ करोडभन्दा पनि बढी देखिएको छ । यहाँ २ लाख ९० हजारकोे ज्यान गएको छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.