Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

बंगलादेश सरकारसँग ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृति


२४ मंसिर २०७७, बुधबार १३:१७

काठमाडौं । सरकारले सामाजिक भत्ता पाउनुपर्ने र विगतमा पाएर पनि सामाजिक सुरक्षा ऐन २०७५ बाट भत्ता पाउन छुटेकाहरुलाई भत्ता प्रदान गर्न अध्यादेशमार्फत् ऐन संशोधन गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले भत्ताबाट बञ्चित हजारौं व्यक्ति लाभान्वित हुने गरी अध्यादेश ल्याइएको बताए । अध्यादेशबाट विगतमा भत्ता पाएका तर २०७५ सालको ऐन जारी भएपछि भत्ताबाट बञ्चित भएका अपांग, एकल महिला र विदेशमा सेवा गरेर पेन्सन पाइरहेकाहरुलाई पनि भत्ता दिने बाटो खुलेको मन्त्री गुरुङले जानकारी दिए ।

त्यसैगरी बंगलादेश सरकारबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृति दिइएको उनले बताए । त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्षका लागि थप गर्न गर्ने निर्णय गरेको छ ।

सवारी चालक अनुमतिपत्रको नवीकरण एवं संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरुको जाँचपास र रुट ईजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्त भित्र परेमा ढीलो भएबापत नवीकरण म्याद नाघेबापत बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गर्ने गरी स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता गुरुङले जानकारी दिए । खाद्य पदार्थको गुण, स्तर निर्धारण सम्बन्धी आदेश स्वीकृत गर्ने र पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी सुरक्षा तथा नियमन आदेश, स्वीकृत गर्ने निर्णय पनि भएको उनले बताए ।

पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने गरि व्यवस्था पनि गरिएको उनले जानकारी दिए । अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउने मन्त्री गुरुङले बताए । यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिईको छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.