एआईजीको दरबन्दी थप नगर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले एआईजीको दरबन्दी थप नगर्न सरकारलाई निर्देशन दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकले विश्वराज पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
मंसिर तीन गते मन्त्रिपरिषद्ले एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । उक्त पदमा डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्न समेत सिफारिस भइसकेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने बताएका छन् । सत्तारुढ दलका सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावल तथा कांग्रेसका दिलेन्द्र बडू, डिला संग्रौलाले सरकारको निर्णयको विरोध गरेका थिए ।
Facebook Comments Box
