जनउत्थान सामुदायिक लघुवित्तद्धारा ट्याब्लेट बैंकिङ्ग तालिम सम्पन्न
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई दुई दिने ट्याब्लेट बैंकिङ्ग सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । संस्थाले यूके।एड।, सक्षम वित्तीय पहुँच संगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो ।
ट्याब्लेट बैंकिङ्ग सेवा सञ्चालनमा नरहेका बाँकी शाखा कार्यालयहरुमा पनि ट्याब्लेट बैंकिङ्ग सेवा सुचारु गर्ने उदेश्यका साथ १८ वटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुख तथा सम्पूर्ण फिल्ड कर्मचारीहरुलाई ट्याब्लेट बैंकिङ्ग सेवासंग सम्बन्धित सैद्धान्तिक तथा ब्यवहारिक विषयमा २ दिने तालिम सम्पन्न गरेको संस्थाले जनाएको छ ।
तालिम मंसिर १६ देखि २२ गतेसम्म रजहर, बुटवल र कोहलपुर गरी ३ वटा छुट्टा छुट्टै स्थानमा संस्था भएको थियो ।कार्यक्रमको उद्घाटन गदै संस्थाका अध्यक्ष बावुराम विश्वकर्माले सम्पूर्ण कर्मचारीहरुलाई सदैव संस्थाको हकहित र लक्ष्य प्राप्तिका लागि संस्थागत सुशासनलाई ख्याल गरी कार्य गर्न सुझाव दिए ।
