लम्बिनी विकास बैंकद्धारा सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । लम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले चालू आर्थिक वर्षको मूनाफाबाट १० प्रतिश (नगद लाभांश तथा बोनस शेयर कर प्रयोजनको लागि समेत) लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो ।
कम्पनीको मंसिर २३ गते, मंगल बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Facebook Comments Box
