१७ अर्ब २६ करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पुस २१ गते परिपक्क हुनेछ ।
त्यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल फागुन २५ गते परिपक्क हुने बैंकले जनाएको छ ।
आज मंसिर २२ गते ३ बजे बोलकबोल भएर भोलि मंसिर २३ गते ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

Facebook Comments Box
