ICFC फाइनान्सद्धारा सेयरधनीलाई १५% लाभांश घोषणा
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको मूनाफाबाट १५ प्रतिशत लाभांश (बोनश शेयर तथा नगद लाभाशं कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
Facebook Comments Box

