सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा संचालन
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा मुस्ताङ जिल्लाको लेतेमा संचालनमा ल्याएको हो ।
ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संजाल ११५ पुगेको छ ।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमाल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।
Facebook Comments Box
