कामना सेवा विकास बैंकद्धारा गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही आइतबार गायक सुरेश गन्धर्बलाई उपचारका लागि ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेर देखि नै सारङ्गी बजाउदै आफ्नो सुरिलो स्वरले गाउदै धेरै श्रोताको मन जित्न सफल भएका थिए । २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो । ‘रिंकीबुङको राँगोलाई चुङकेबुङको चुलेसीले’ गीतका चर्चीत गायक सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइड जस्ता रोगहरूबाट पिडित छन् ।
यसै क्रममा उनलाई सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ काप्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान- ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरे हुन ।
सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको प्रदेश नं. १ का बैंक प्रमुख छाराहाङले जानकारी दिए ।
