Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुला


२१ मंसिर २०७७, आईतवार १७:२५

काठमाडौं । मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आइतबारदेखि शुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको आइतबार औपचारिक घोषणा गरिएको हो । शोमा अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीबीच प्रतिस्पर्धा गराइने छ ।कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फाराम भरी पठाउने व्यवस्था मिलाइएको छ ।
कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ को राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा औपचारिकरुपमा घोषणा गरेका हुन् । देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नका लागि कथाकुथुङ्ग्री च्याम्पियन कोशेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे ।

नाट्य निर्देशक विमल सुवेदीले अहिलेका अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ समयको माग भएको बताउँदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कलाप्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक राजेन्द्र पौडेलले नाट्य अभियान सफल पार्न सम्पूर्ण सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिए । सामाजिक अभियानकर्मी रीता परियारले सबै क्षेत्रका व्यक्तिका लागि एकै स्थानमा अटाउने मञ्च कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ भएको बताइन् ।

पछिल्लो समय विश्वभर कोभिड–१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिलाई कथा वाचनमार्फत कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताए ।कथाकुथुङ्ग्री च्याम्पियनमा सहभागी हुनेलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको उनले बताए । कोरोना कालमा बन्द रङ्गमञ्च, चलचित्र क्षेत्रका लागि वैकल्पिक मञ्चका रुपमा कथाकुथुङ्ग्री च्याम्पियन शो शुरु भएको जनाइएको छ ।

विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट हुने उत्कृष्ट सहभागीलाई आकर्षक पुरस्कारसमेत व्यवस्था गरिएको छ । प्रथम हुनेलाई दुई लाख, द्वितीयका लागि एक लाख ५० हजार र तृतीय हुनेलाई ५० हजारसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिए ।

कार्यक्रम सफल बनाउन विभिन्न नाट्य समूह, सहकारी सङ्घसंस्था, शैक्षिक सङ्घसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको शर्माले बताए । अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा शुरु हुने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियन निर्णायकमण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रङ्गकर्मीद्वय आरके मेहता र सरिता साह छन् ।

विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुकमा कथाको कुनै कमी नभएकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म, रोजगारीका लागि घरदेश छाडेर परदेश गएकाहरुसम्म सबैले प्रतियोगितामा भाग लिन पाउने कथाकुथुङ्ग्री च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले बताए ।

ओझेलमा परेका, छेकिएका, नदेखिएका सातै प्रदेशका कथा र प्रतिभालाई प्रकाशमा ल्याउन चाहेको र मुलुकको सामाजिक, सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्ने अभियानको नाम कथाकुथुङ्ग्री च्याम्पियन भएको उनले बताए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.