सेयर बजारमा नकारात्मक सर्किट लागेर बन्द
काठमाडौं । केही समयदेखि अस्वभाविक रुपमा सुधारिएको सेयर बजारमा आइतबार नकारात्मक सर्किट लागेर बन्द भएको छ। नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा अस्वभाविक रुपले सुधार भएको भन्दै सेयर धितो कर्जामा कडाइ गर्ने नीति लिएसँगै दोस्रो बजारमा झट्का लागेको हो।
आइतबार नेप्से सूचक १२३ दशमलब २३ अंकले ओरालो झरेको छ। नेप्से सूचक ६ प्रतिशतले तल झरेपछि बजार नै कारोबार समयभन्दा ४७ मिनेट अगावै बन्द भएको छ।
सूचिक कम्पनीमध्ये १९७ वटाको सेयर कारोबार हुँदा १६९ कम्पनीको सेयर मूल्यमा भारि गिरावट आएको छ। जम्मा ४ वटाको मात्रै सेयर मूल्यमा सुधार भएको छ भने अधिकांश कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
बजार मापन गर्ने सूचक १२३.२३ अंकले घटेर १९३२.११ बिन्दुमा रोकिएको छ ।
Facebook Comments Box
