Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

पहिलोपटक क्षुद्रग्रहको चट्टान पृथ्वीमा आइपुग्यो


२१ मंसिर २०७७, आईतवार ०८:५२

एउटा खोजी टोलीले अस्ट्रेलियाको मरुभूमीमा क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान ल्याएको अन्तरिक्ष यानको टुक्रा भेट्टाएको छ । ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको भाग दक्षिण अस्ट्रेलियामा खसेको थियो ।

ती नमुना जापानी अन्तरिक्ष यान हायाबुसा-२ ले ड्यूगुबाट सङ्कलन गरेको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो । चट्टानको नमुना बोकेको भाग पछि यानबाट छुट्टिएर पृथ्वीतर्फ झारिएको थियो ।

शनिवार सो भाग पृथ्वीमा प्रवेश गर्दा आगोको गोला जस्तो देखिएको तस्बिर खिचिएको थियो । प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरिएको थियो। त्यसपछि सो भागले आफ्नो स्थानका बारेमा तथ्याङ्क प्रवाह गर्न थालेको थियो । सो भाग अस्टेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गरेको थियो ।

अवतरणको स्थान पत्ता लागेपछि हेलिकप्टरबाट त्यसलाई खोजिएको थियो । भेट्टिएको भागलाई अस्ट्रेलियामा निरीक्षण गरेपछि जापान पठाइएको थियो । सो टुक्रा १६ किलोको भएको र त्यसलाई जापानी अन्तरिक्ष एजेन्सीले अध्ययन तथा भण्डारण गर्नेछ ।

हायाबुसा-२ ले क्षुद्रग्रहबाट एक सय मिलिग्रामभन्दा बढी नमूना सङ्कलन गर्ने अपेक्षा गरिएको थियो । क्वीन्स विश्वविद्यालयका प्राध्यापक एलान फिट्जसिमोन्सले सो नमुनाले ’हाम्रो सौर्य प्रणालीको इतिहासको बारेमा मात्रै नभई त्यो क्षुद्रग्रहको बारेमा पनि धेरै कुरा बताउने’ बताएका छन् ।

क्षुद्रग्रहहरू सौर्य प्रणाली बन्दा बाँकी रहेका साना निर्माण सामग्री जस्तै मानिन्छन् । तिनमा पृथ्वीजस्ता कुनै ग्रहमा समाहित हुन नसकेका सामग्री रहेको मानिन्छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.