प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ मंसिर २९ गतेदेखि विक्री खुला
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर ‘आईपीओ’ निष्कासनको मिति तय भएको छ । कम्पनीले मंसिर २० गते (आज)आव्हन पत्र जारी गर्दै साधारण सेयर बिक्री गर्ने मिति तय गरेको हो ।
कम्पनीले आईपीओ निष्कासनको लागि नियनमक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ अनुमति पाएको थियो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
इन्स्योरेन्स कम्पनीले एक सय अंकित दरमा ६० करोड बराबरको ६० लाख कित्ता आईपीओको आवेदन मंसिर २९ गते सोमबारदेखि खुल्ला गर्ने भएको हो ।
नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको यो आईपीओलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।
Facebook Comments Box
