नेपाल इन्भेष्टमेन्ट बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति
काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।बोर्डले बैंकलाई (मंसिर १८ गते, बिहीबार) ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
ऋणपत्र निष्कासनका लागि इन्भेष्टमेन्टले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा असोज ५ सोमबार निवेदन पेश गरेको थियो ।
बोर्डसँग अनुमति पाए सँगै बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ‘८।५ प्रतिशत, ‘७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ ।
जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
Facebook Comments Box
