सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट जावलाखेलमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बिहीबार (मंसिर १८)बाट ललितपुर स्थित जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ ।
बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो ।
अहिले कोरोना महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।
Facebook Comments Box
