नेप्सेमा यो साता तीन कम्पनीको २१ लाख १६ हजार बढी शेयर सुचिकृत, कुनको कति ?
काठमाडौं । यो साता नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ वटै कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।
यस साता नेप्सेमा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस शेयर, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड २ लाख ९२ हजार २ सय १५ कित्ता बोनस शेयर सुचिकृत भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस शेयर गरी जम्मा २१ लाख १६ हजार एक सय १९.५ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।
Facebook Comments Box
