इन्फ्रास्ट्रक्चर बैंकले दियो शुभ पूर्वाधार बचत खातामा ७.२५ प्रतिशत ब्याज, अन्यमा कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज मङ्सिर १९ गते (शुक्रबार)देखि लागु हुनेगरी शुभ पूर्वाधार खाता र कर्जाको नयाँ विभिन्न व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले पाँच वर्षबढि अवधिको शुभ पूर्वाधार बचत खातामा व्यत्तिगत तर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागत तर्फ ५ वर्षबढि अवधिको बचतमा ६ दशमलव ५० प्रतिशत र दश वर्षबढि अवधि बचतमा ६ दशमलव ६० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले प्रोजेक्ट लोनको लागि ९ देखि ११ प्रतिशतमै कर्जा प्रवाह गर्ने भएको छ । त्यस्तै बैंकले व्रिज ग्याप कर्जाको लागि न्यूनतम १० देखि ११ दशमलव ५० प्रतिशतसम्ममा कर्जा प्रवाह गर्ने जनाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ संचालनमा आएको बैंक हो ।

Facebook Comments Box
