प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार संस्थापक शेयर आइतवारदेखि विक्रीमा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर आइतवार (मंसिर २१ गते)देखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले संस्थापक तर्फको ७ लाख ३५ हजार कित्ता शेयर यही २१ गतेदेखि लिलामीमा विक्री गर्ने भएको हो ।
उक्त शेयर मंसिर २८ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सक्ने छन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. ३५० तोकिएको छ ।
उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताको लागि आवेदन आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
Facebook Comments Box
