बिओके लिमिटेडको निक्षेप ग्राहकलाई पाँच लाख बीमा दाबी रकम भुक्तानी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरसँगै एघार लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको छ।
बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुबिधा रहेको संस्थाले जनाएको छ।
यसै सुबिधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले पाँच लाख बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त रकमबाट आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् सामान्य जिवनयापन गरीरहेका छन् ।
वस्तीले यस बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आइरहेका थिए। बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख कार्यकारी दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको समेत उपस्थीती रहेको थियो ।
