Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

जात, ईसाई लगानी र अभिनेता


२८ आश्विन २०७७, बुधबार ०६:४३

भीम उपाध्याय ।

राजेश हमाल एक पेशेवर अभिनेता हुन् । उनी कार्यक्रम प्रस्तोता पनि हुने गर्छन्, मोडेलिङ पर्ने गर्छन्। यी सबै उनको पेशा हो, जिविकोपार्जनको मेसो हो । सबैले गरेरै खाने हो । उनले पनि अरूले जसरी आफ्नो काम गरेर खाएका छन् । हामीले पैसा तिरेर मनोरञ्जन बदलामा पाएका छौं । उनको अभिनय लाखौँलाई मन पर्छ । जनताले उनको कार्यक्रम हेरेर मान सम्मान दिएका छन् । हाम्रो नाता एक कलाकार र दर्शकको मात्र हो । उनको जीवन समाज सेवा, समाज परिवर्तनका अभियान वा अन्य समाज परिवर्तनमा आफैं लागेका पाटाहरू केही छन् कि छैनन् त्यो चर्चामा त्यति आएको देखिँदैन ।

अहिले विवादास्पद चर्चा उनबाट प्रस्तुत गराईएको जातको प्रश्न टिभी कार्यक्रम बन्न पुगेको छ । उनले त्यसमा काम गरेका हुन्, करार गरेर पैसा लिएका हुन्, अभिनय गरेका छन् र त्यो अभिनयले मनोरञ्जन पनि दिएको होला ।

तर प्रश्न मनोरञ्जनमा हैन, विषय, प्रायोजन र प्रस्तोताप्रतिको उच्च सम्मान दाउमा लागेकोमा देखिन्छ । जात के हो ? कार्यक्रममा लगानी कसको ? प्रस्तुतिमा उनले रोजगार गरेका हुन् कि उनले विश्वास वा मिशन हो ? यसमा चर्चा गरिनुपर्ने देखिन्छ । त्यो उनले राम्ररी बुझेर गरेका हुन् कि प्रायोजकका लागि रोल खेलिदिएका हुन् ? यसको उत्तर उनका शुभचिन्तकहरूले खोजिरहेका पनि देखिन्छन् ।

रामायणमा सीताको भूमिका खेल्ने अभिनेतृलाई कतै कुनै पार्टीमा लगाएको भड्किलो देखिने लुगामा देखेर उनलाई सीता माता ठान्नेहरूले नै खेदो गरेका थिए । अभिनय भनेको नाटकमा भूमिका खेलेको हो, रियल हैन भन्ने नबुझ्ने को हुन्छन् र ? तर पनि मानिसले कसैलाई कसरी आदर्श मानेर मनमा गढ्दो रहेछ सीताको भूमिका गर्ने अभिनेतृले भोग्नु परेको थियो । पेट पाल्न गरेको कामलाई आदर्श मान्न थाल्यो भने त्यसले समाजमा नैतिक समस्या खडागरिदिन्छ भन्ने यो एक नमूना हो ।

राजेश हमालप्रतिको अहिले देखिएको विरोध वा आक्रोशको कारण समता फाउण्डेशन र क्रिष्चियन एड नेपालको लगानीमा संचालित जातलाई उछालेर समाजमा बैमनश्ययता थप्ने कार्यक्रम संचालन गर्यो भन्ने आरोप रहेको बुझिन्छ । जात, लगानी र प्रस्तोताको इमेज यसमा विवाद उठ्यो।

सनातन हिन्दू शास्त्रीय पद्दतिमा जात भन्ने हुँदैन, वर्ण ब्यवस्था हुन्छ । वर्ण भनेको जात हैन, पेशाको वर्ग हो। समाजमा ब्राह्मण भनेको पढ्ने पढाउने, अध्यात्म चिन्तन गर्ने, बैज्ञानिक खोज गर्ने समूह हो जसले बौद्धिक काम गर्छ। क्षत्रीय भनेको राजकाज, प्रशासन, मुलुकको रक्षा, शान्ति सुरक्षा, अमनचय कायम गर्ने वर्ग हो। वैश्य भनेको व्यापार गर्ने, उद्योग चलाउने, वितरण गर्ने, गाउँगाउँ घुमेर, लामो यात्रा गरेर उपभोक्ता र उत्पादकबीचको सेतुको काम गर्ने वर्ग हो ।

शुद्र भनेको शारीरिक परिश्रम गर्ने, खेती गर्ने, औजार बनाउने, कलात्मक चिजहरू बनाउने वर्ग हो । समाजमा यी चारै वर्ण आफ्नो पेशामा आधारित हुन् । कसैलाई अर्को पेशा गर्न मन भए, गर्न जानेको भए गर्न पाउने स्वतन्त्रता छ र थियो । विश्वमा अहिले पनि यिनै ४ वर्ण छन् ।
तर, यहाँ कतै कुनै जातपातको प्रश्न नै थिएन र अहिले पनि छैन । कार्यक्रममा जातको प्रश्नको प्रश्न रहनु नै अर्थहीन हो ।

सनातन पद्दतिमा सबै वर्णलाई समाजमा महत्व दिईएको छ । जातको कुनै कुरै थिएन र छैन । काम आफ्नो रूचिअनुसार गर्न पाईन्थ्यो र अहिले पनि पाईन्छ । जात के हो ? यो प्रश्न नै हैन । जात पहिचान हो । सबै आफ्नो पहिचानका लागि संघर्ष गरिरहेका हुन्छन् । जातमा कसैले प्रश्न गर्ने विषय नै हैन । जे जे छ, त्यही उसको समाज नाताकुटुम्ब र वंशको पहिचान हो, आत्मसम्मान हो । सबै जातमा अनेक उपजात रहेको पाईन्छन् । त्यो पहिचानकै खोज हो। पहाडी जनजातिमा झन् धेरै उपजात पाईन्छन् । दलितमा सयभन्दा बढी थर वा टाईटल वा उपजात पाईन्छन् । नेवारी समुदायमा सयौँ जातीय पहिचानका थरहरू छन् । के यी समस्या हुन् ? ठाउँ, पूर्खा, जराको खोज मानवजातिका अध्यात्मिक खोज हुन्, बौद्धिक हैन ।

कोही पनि पहिचानबिहीन भएर समाजमा रहन चाहन्न, खोज्दैन । आफ्नो पहिचानको जगेर्ना आफैंले गर्ने हो । हिन्दू वर्ण व्यवस्थामा गोत्र प्रणाली हुन्छ । चारै वर्णमा उही गोत्र हुन्छन् । गोत्र हाम्रा सुरूवाती पुर्खा को थिए भन्ने पहिचान हो ।

जातको प्रश्न पराया परिभाषा व्याख्या हो । हाम्रो सभ्य, सुव्यवस्थित, समृद्ध समाजलाई होडल्ने दुष्प्रयास हो । पहिचान छाड्न सकिन्न अर्थात् जात त्याग्न सकिन्न । आफ्नो पहिचानमा गर्व गर्ने कसरी त्यसमा सोचिन्छ । म म हुनुमा नै गर्व छ । यसको सम्बद्र्धन प्रमुख कुरा हो र हुनुपर्छ ।
हामीलाई हाम्रो पहिचान सिकाउन के पराया धर्मप्रचारक संस्था र तिनको पैसा लिनैपर्ने भएको हो ? इसाई मिशिनरी समता फाण्डेशन र क्रिष्चियन एडको पाउ मल्न परेको किन ?

राजेशलाई राजेश बनाएर यत्रो सम्मान दिएको जनताले हो कि हिन्दू मास्न जन्मेका पराया धर्म प्रचारकले हो ? राजेशले यी सबै बुझेर गरेका हुन् कि पेशा मात्र गरेका वा नाटक खेलेका हुन् ?

भारतमा करिब २०० वर्ष ईसाइ बेलायतले शासन गरेको थियो तर त्यहाँ इसाईहरूको संख्या अहिले अल्पसंख्यक छ, २५ पनि छैन । किन सबैलाई ईसाइ बनाउन सकेन ? नेपालसँग लडाईँ लडेको अंग्रेजले नेपाललाई किन ईसाई देश बनाउन सकेन ? भारतमा इस्लामले ६०० वर्ष शासन गरेको थियो तर किन अरू देशहरूलाई जसरी ईस्लाम मुलुक बनाउन सकेन ? बुद्धिजमले जरा गाडेको भनेको त्यबेलाको भारत र नेपाल बुद्ध धर्म किन अहिले लखेटिए जस्तो हुन पुग्यो ? यी चिन्तनीय सवाल हुन् । सनातन हिन्दू धर्मको जग चट्टानमा छ । यो १० रेक्टरका हजारौँ भूकम्पमा पनि हल्लिएन र हल्लिने छैन । झन् झन् बलियो हुँदैछ । कमजोर त विदेशमा ईसाईहरू घट्दै गएर हुँदैछन् । नेपालमा ईसाईकरणले पहाडी जनजाति र बौद्धमार्गीहरू विलाउँदै गएका छन् । अहिलेसम्म हिन्दू समाजको छत्रछायाँ र दह्रो संरक्षणमा ढुक्कसँग रहन पाएकाले तिनको पहिचान र अस्तित्व आजसम्म कायम रहँदै आएको हो । खतरा त हिन्दुमा हैन, पहाडी जनजाति र दलित समुदायमा छ, तिनका आस्था धर्म र पहिचानमा खतरा बढ्दै छ।

विस २०२०मा लागू भएको नयाँ मुलुकी ऐनले छुवाछुत प्रथा हटाएको हो । आज ६ दशकपछि किन यही कुरालाई उचालिन्छ ? प्रष्ट छ, विभिन्न आवरणमा ईसाइकरणको एजेन्डाले जरा गाड्न खोजेको छ। नायक राजेशलाई यसमा निमित्त नायक बनाउन खोजिएको देखिन्छ ।
जातपात संवैधानिक वा कानुनी नै समस्या हैन, यो समाज ब्यवहारको समस्या हो । घरभित्रको निजत्व मामला हो । त्यसलाई सडक वा मिडियामा होहल्ला गरेर काम छैन । समाजमा पुगेर, सबैसँग सहकार्य गरेर, समाजका सबै वर्ग र जातजातिहरूलाई साथ लिएर, प्रतिष्ठित सम्मानित समाज सुधारकहरूको अगुवाईमा समाज रूपान्तरणको लामो अभियानले मात्रै सम्बोधन गर्न र रूपान्तरण गर्न सकिन्छ ।

अनर्गल वादविवाद गरेर, आरोप प्रत्यारोप गरेर, कसैलाई दोष देखाएर, विगतलाई कोसेर, तत्कालको समाज एवं अर्थ व्यवस्थालाई धारे हात लगाएर वा बाहुनक्षेत्री उपर फोहरी वचन बोलेर, विश्वका डेढ अर्ब हिन्दूहरूलाई होच्याएर समाधान हैन, समस्या झन् बल्झिने मात्र हुन्छ । समाजका सबै जातजाति, वर्गको सहयोगबिना समाजमा जरा गाडेको सयकडौँ वर्षदेखिका खराब रितिरिवाजमा कुनै सिन्को भाँच्न सकिँदैन । त्यसका लागि समाजका चौतर्फी वर्ग र कथित उच्च जात र धार्मिक समुदायका अगुवाहरूको साथ उत्तिकै अपरिहार्य हुन्छ । समाज सुधारका अभियान सडकमा थाल ठटाएर वा मिडियामा गफ हानेर कहिल्यै सम्भव हँुदैन । फिल्डमा सबैको मन छुँदै, मन जित्दै खट्नुपर्छ । जबरजस्ति हुने भएको जातीय लिंगिय विभेदबिरूद्ध सुरू गरिएको १० वर्षे जनयुद्धले भईसकेको हुने थियो, तर खोई ?

छुवाछुतबिरूद्धको कानुन बनेको अहिले ६० वर्ष पुगिसक्दा पनि आज हामी किन त्यही कुराको रटान गरिरहेका छौँ ? सबैले चिन्तन गर्नुपर्दैन ? सवाल जातको हुँदैहैन, विभेद को हो, पिछडिएका भूगोल र समाजको हो । छुवाछुत एक सामाजिक कुरिति हो । हामी घरपरिवारभित्र आपसमै पनि छुने नछुने परिस्थिति रहेको छ । व्रतबन्ध नगरेको, बिहे नगरेको ननुहाएकालाई छुन दिईन्न । यो पारिवारिक मामला हो । जुनसुकै जातका हुन् बाहिरियालाई घरभित्र छिर्न दिनु नदिनु निजी अधिकार हो ।

कलाकार राजेश हमालले जातको कुरा कार्यक्रम गर्न पारिश्रमिक लिएर करार गरेका हुन् । करार गरिसकेर पछि हट्दा वा करार तोड्दा क्षतिपूर्ति दिनुपर्छ । ठेक्का लिएका हुन् । छुवाछुत हटाउन फिल्डमा उत्रेका पात्र हैनन् । उनी नेपालीले सम्मान दिदै माया पाएका एक सफल अभिनेता हुन् ।

त्यसैले उनले पनि बुझ्नुपर्ने हो, कुनै पनि साध्य सही भएर साधन सही भएन भने त्यसको विकृति झन् चर्को हुन्छ, बुमेराङ हुन्छ । यो हाम्रो शास्त्रीय मान्यता हो । मेरो विनम्र सुझाव छ, अब राजेश हमाल त्यो विवादास्पद प्रायोजित धार्मिकता र जातीय सद्भावलाई विगार्नमा लक्षनिहित जस्तो कार्यक्रमबाट पछि हट्नु ठिक हुनेछ । सबै जनताको मनमा रहिरहने यो राम्रो विकल्प हो । उनको मानमा कुनै कमी नआओस्, मेरो त कामना मात्र हो ।

चाहे अमिताभ बच्चन होस् वा नेपाली अमिताभ राजेश हमाल ती कलाकार मात्र अभिनयकर्ता हुन्, ती पैसा लिएर नै कार्यक्रम गर्छन् । त्यो तिनका जिविकोपार्जन गर्ने खेती अभिनय हो । बस् तिनका नाटकमञ्चन वा अभिनयबाट दर्शकले भरपूर मनोरञ्जन लिने हो । त्यो भन्दा बढी महत्व दिएर पेशेवर कलाकारसँग आदर्शको अपेक्षा गर्नु तिनीहरूमाथि अन्याय हुन जान्छ । कलाकार रोजीरोटी दर्शक वा स्रोताको मायाले चल्ने हो । जनताको माया पाउनु भन्दा त्यसलाई निरन्तर कायम राख्न कठिन हुन्छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.