लक्ष्मी बैंकद्धारा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुई गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता
काठमाडौं । लक्ष्मी बैंकले सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुई गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता गरेको छ । बैंकले बिहीबार रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता गरेको हो ।
बिहीबार एक कार्यक्रम बीच बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरु क्रमशः झक्कु प्रसाद घर्तिमगर र धर्मबहादुर केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषी उद्यमि, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्ने जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइसमेत स्थापना गरेको जानकारी गराए । कार्यक्रममा उपस्थित पूर्व उर्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरुका लागि समेत यस्तै सम्झौता गर्न आग्रह गरे ।
