Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिका बीच सम्झौता


१८ मंसिर २०७७, बिहीबार ०५:१४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चौरजहारी नगरपालिका, रुकुम (पश्चिम) जिल्ला बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

पूर्व ऊर्जामन्त्री तथा सांसद जनार्दन शर्माको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी तालिम दिने जनाएको छ। तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नु पर्ने छ ।

नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैँयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ।

बैंकका प्रमुख कार्यकारी सिइओ श्रेष्ठले बंगलादेशबाट सुरु भएको सामूहिक जमानीको आधारमा गरिने लघुवित्त कर्जा मोडलजस्तै सहुलियतपूर्ण कर्जा नेपालको नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए। उनले देशको उत्पादन बृद्धि तथा गरिबी न्यूनिकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमुनाको रुपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने बताए।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शीर्षकमा १ हजार ६ सय ६० जनालाई एक अर्ब २८ करोड रुपैयाँभन्दा बढी बिना धितो सहुलियतपूर्ण कर्जा दिइसकेको उनले बताए।

उक्त कार्यक्रममा सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल लगायतको उपस्थिति थियो।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.