महालक्ष्मी विकास बैंकले ल्यायो Visa Contactless card सेवा सञ्चालनमा
काठमाडौं । महालक्ष्मी विकास बैंकVisa Contactless कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।यस बैंक Visa Contactless कार्ड सुविधा सञ्चालनमा ल्याउनेविकास बैंकहरु मध्ये प्रथम बैंक रहेको छ ।
Visa Contactless कार्ड Near Field Communication (NFC)मा आधारित प्रविधि हो । जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ ।
यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नयाँ प्रविधिको सुरुवात गरी आफ्नाग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको बैंकले जनाएको छ ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि। को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
Facebook Comments Box
