Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

एउटा ट्वीटका कारण चीन र अस्ट्रेलियाबीचको विवाद उत्कर्षमा


१७ मंसिर २०७७, बुधबार ०६:४८

अस्ट्रेलियाले चिनियाँ कूटनीतिज्ञले फर्जी र घृणायुक्त ट्वीट गरेकोबारे माफी माग गरेपनि चीनले त्यसो गर्न अस्वीकार गरेको छ । चीनले ’अस्ट्रेलियाले उसका सेनाले अफगानिस्तानमा गरेका युद्ध अपराधबाट सार्वजनिक ध्यान अन्यत्र मोड्न खोजेको’ आरोप लगाएको छ ।

अस्ट्रेलियाली सैनिकले अफगान बालकको हत्या गरिरहेको फर्जी तस्बिर शेयर गरेको भन्दै क्यानबेराले बेइजिङ्सँग माफी माग्न भनेको थियो । तर बेइजिङ्ले अस्ट्रेलियाले ’द्विपक्षीय सम्बन्ध बिग्रिएकोमा चीनमाथि दोष लगाउन खोजेको’ आरोप लगाएको छ ।

पछिल्ला दिनहरूमा दुई देशबीच सम्बन्ध अत्यन्तै बिग्रिएको छ । गत महिना अस्ट्रेलियाका सेनाबाट भएका भनिएका युद्ध अपराधका घटनाबारे प्रतिवेदन सार्वजनिक भएको थियो । अस्ट्रेलियन डिफेन्स फोर्सले सन् २००९ र २०१३ का बीचमा २५ जना अस्ट्रेलियाली सैनिक ३९ जना अफगान गैरसैनिक तथा बन्दीको हत्यामा संलग्न भएको विश्वसनीय विवरण प्राप्त भएको जनाएको थियो ।

सोमवार चीनले त्यसका लागि अस्ट्रेलियाको निन्दा गरेको थियो। तर लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले शेयर गरेको फर्जी तस्बिरले भने क्यानबेरा तथा अन्यत्र तीखो प्रतिक्रिया उब्जाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले त्यस्तो ’घृणित’ तस्बिर शेयर गर्न बेइजिङ्ले ’लाज मान्नुपर्ने’ बताउँदै माफीको माग गरेका थिए । अस्ट्रेलियाको छिमेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डर्नले पनि सो ट्वीटको विषयलाई लिएर बेइजिङ्समक्ष चिन्ता जनाएको बताएकी छन् । तर प्रतिक्रियामा अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मङ्गलवार मरिसनको टिप्पणीको निन्दा गरेको छ ।

यो वर्ष दुई देशबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएका छन् । क्यानबेराले कोभिड १९ महामारीको स्रोतबारे छानबिनको माग गरेपछि सम्बन्धमा तनाव सुरु भएको थियो ।

केही महिना अगाडि अस्ट्रेलियाली सञ्चारमाध्यमका चीनस्थित बाँकी दुईजना पत्रकारलाई कूटनीतिज्ञहरूको सुझावमा स्वादेश फिर्ता लगिएको थियो । हालसालै दुईजना अस्ट्रेलियाली प्राज्ञलाई चीन प्रवेशको अनुमति दिइएन । अस्ट्रेलियाको मामिलामा चीनको आरोपित हस्तक्षेपका चर्चा चलेका छन् भने दुई देशबीच व्यापारमा धेरै तनाव बढेको छ । चीनले अस्ट्रेलियाका सामानमा कर बढाइदिएको छ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.