ग्रामीण विकास लघुवित्तको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । ग्रामीण विकास लघुवित्तले केहि शेयरधनीको नाममा रहेको २ हजार ८ सय ३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
लघुवित्तले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी संस्थाको प्रधान कार्यालय, कालिकानगर, रूपन्देहीमा आवेदन दिन आग्रह गरेको छ ।

Facebook Comments Box
