नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु भएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि प्रस्तावमाथि धारणा राखेका छन् । औपचारिक बैठकसँगै नेताहरुबीच अनौपचारिक छलफल र संवादहरु पनि जारी राख्ने उनले बताए । बैठक बुधबार फेरि बस्नेछ ।
Facebook Comments Box
