Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन


१६ मंसिर २०७७, मंगलवार ०८:४७

अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ । यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएको छ ।

नयाँ नियम अमेरिकाले चालेका यस्तै खालको कदमको जवाफ भएको विश्वास गरिएको छ । मङ्गलवार कार्यान्वयनमा आएको नयाँ नियमले चीन र अमेरिकाबीच जारी व्यापार युद्धलाई थप चर्काउने चिन्ता व्यक्त भएका छन् ।

टिकटक, ह्वावेइ र टेन्सेन्ट जस्ता कम्पनीहरू चिनियाँ प्रविधिमाथि अमेरिकी अंकुशको शिकार भइसकेका छन् । संसारका दुई ठूला अर्थतन्त्रबीच सन् २०१८ बाट व्यापारसम्बन्धी विवाद सुरु भएको भए पनि यो वर्ष त्यो थप चर्किएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कैयौँ चिनियाँ कम्पनीले चिनियाँ सरकारलाई सूचना उपलब्ध गराउन सक्ने भन्दै तिनीहरूविरूद्ध कार्यकारी आदेश जारी गरेका छन् ।

नेशनल युनिभर्सिटि अफ सिंगापुरका अतिथि प्राध्यापक एलेक्स काप्रीका अनुसार चिनियाँ नयाँ निकासीसम्बन्धी कानुन ‘प्रविधि युद्ध चर्किएको प्रतिक्रिया स्वरूप आएको र यो चीनले आफ्नो मजबुत पक्ष लुकाउन गरेको प्रयास’ हो । काप्रीका अनुसार अमेरिका र चीनबीच जारी व्यापार युद्ध जो बाइडनले सत्ता सम्हालेपछि पनि अघि बढिरहन्छ।

निर्यात नियन्त्रण कानुनले नियन्त्रित सामाग्रीलाई विभिन्न समूहमा वर्गीकरण गर्छ जसमा परमाणु, सैन्य सामग्री र गैरसैनिक एवम् सैनिक दुवैमा प्रयोग हुनसक्ने सामग्रीहरू उल्लेख गरिएका छन् । यो कानुनले चीनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भनिएका वस्तुहरूलाई समेटेको छ ।

निर्यातकर्ताले नियन्त्रित सूचीमा रहेका वा अस्थायी नियन्त्रणमा रहेका वस्तुहरू निकासी गर्न अनुमतिपत्रका लागि आवेदन दिनु पर्नेछ । नियम मिचेको अवस्थामा निर्यातकर्तालाई साढे सात लाख डलरसम्मका कारोबारको १० गुणासम्म जरिबाना गर्न सकिने व्यवस्था गरेको छ ।

उक्त कानुन अनुसार देशबाहिर रहेका संस्था वा व्यक्तिलाई पनि कारबाही गर्न सकिन्छ । यो कानुनले पृथ्वीबाट निकालिने दुर्लभ खनिजको निर्यातलाई पनि प्रभावित बनाउन सक्ने भन्दै त्यसको मूल्य बढेको छ । चीन दुर्लभ बहुमूल्य खनिजहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.