Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

कोरोना संक्रमणको बर्तमान सन्नाटा


१५ मंसिर २०७७, सोमबार १०:३३

डा. रवीन्द्र पाण्डे |

– परीक्षणको दायरा घटेको छ | अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने … धेरै छन् |
– कन्ट्याक्ट ट्रेसिंग एकदम न्यून छ |
– लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसंग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् | यो समुह ठूलो संख्यामा छ र जोखिममा छ |

– एन्टीजेन किट तथा एन्टिबोडी टेस्टले संक्रमणको अवस्था थाहा पाउन सकिन्थ्यो | यसमा सरकार उदासिन देखिएको छ | दशैं अघिं गर्ने भनिएको सेरोप्रिभ्यालेंस टेस्ट अहिले विस्मृतिमा परिसकेको छ |

– क्वारेन्टिन खाली छन्, आइसोलेसन केन्द्र खाली छन् | यसको अर्थ हुन्छ, त्यहाँ खानपिन, न्यानो, सरसफाई, बाथरुम आदि राम्रो छैन | त्यहाँ बस्यो भने दुख पाइन्छ भन्ने आम मानसिकता छ | आइसोलेसन केन्द्र खाली हुनु राम्रो इन्डिकेटर हैन |

– अधिकांश संक्रमित होम आइसोलेसनमा छन् | उनीहरुलाई सरकारी स्तरबाट अनुगमन, निगरानी, परामर्श आदिको ब्यबस्था छैन | अन्दाजको भरमा फार्मेसीबाट औषधि किनेर खाने, निको भएका संक्रमितले भनेको औषधि खाने तथा आफ्नो अवस्था थाहा नपाउने स्थिति छ |
– १/ २ वटा कोठामा बस्ने संक्रमित आइसोलेसन केन्द्रमा नबस्ने तथा जेनतेन त्यहीं एडजस्ट हुने स्थिति छ |

– हजारौं संक्रमितले आफु संक्रमित भएको तथ्य लुकाउने अवस्था तथा बाध्यता छ | संक्रमित भएमा रोजगार जाने, घरबेटीले बस्न नदिने लगायतको कारण उनीहरु सार्वजनिक यातायात, पसल, बजार, कार्यस्थल आदि ठाउँमा आवतजावत गरिरहेका छन् |

– संसारमा नेपाल एकमात्र यस्तो देश हो जहाँ मास्क अनिबार्य छैन, दुरीको अनुगमन कसैले गर्दैन तथा भीड नियन्त्रण कसैले गर्दैन |

– अस्पतालका जनरल वार्ड खाली हुने तर आइसीयु / भेन्टिलेटर प्याक हुनुको अर्थ निकै चिन्ताको बिषय हो | संक्रमितहरु निमोनिया भएर वा सास फेर्न नसक्ने भएपछि मात्र अस्पताल जाने प्रचलन देखिएको छ | जसले गर्दा संक्रमितलाई सिधै आइसीयु / भेन्टिलेटरको आवश्यक पर्छ |

– मृतकको संख्या बढिरहेको छ | अहिले देखाइएको मृत्युको तथ्यांक अस्पतालमा मृत्यु भएका संक्रमितको मात्रा हो | होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिको पिसिआर टेस्ट गरिएको छैन | गाउँगाउँमा भएका मृत्युको अभिलेख छैन |

– विश्वका बिभिन्न देशमा फैलिएको दोस्रो लहर नेपालमा पनि आयो भने अवस्था कठिन बन्न सक्छ | त्यसैले आम नागरिकले अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा कुनै व्यक्तिलाई नभेट्ने तथा हात सफा गरिरहने गर्नुपर्दछ |

– जाडो याममा बालबालिका, बृद्धबृद्धा तथा दीर्घबिरामी सधै जोखिममा रहन्छन् | यो समुह कम्तिमा ३ महिना घरबाहिर निस्किनु हुँदैन | जोखिम बर्गले प्रदुषण बढेको बेला मार्निंग वाक गर्नु हुँदैन | इन्फ्लुएन्जाको खोप सबैले लगाउँदा राम्रो हुन्छ | ६५ बर्ष पार गरेका वा दीर्घरोग भएका व्यक्तिले निमोनियाको खोप लगाउनु सुरक्षित हुन्छ |

– सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइ गर्ने, ब्यापक अनुगमन र निगरानी गर्ने तथा जरिवानाको ब्यबस्था गर्नुपर्छ | महामारीको समयमा सरकारको १०० % ध्यान महामारी नियन्त्रणमा हुनुहुपर्दछ |

– विश्व बजारमा खोप आउन लामो समय लाग्दैन | यो जाडो मौसम बितेपछि हामीले पनि क्रमशः खोप पाउने छौं | खोप आएपनि एकैपटक नआउने भएकोले जनस्वास्थ्यका मापदण्डलाई आफ्नो जीवनशैली बनाउनु पर्दछ | सम्पूर्ण नेपालीलाई पुग्ने गरि खोप आउन २०२१ को पुरै बर्ष लाग्छ | तसर्थ सरकार र नागरिकको जोड जनस्वास्थ्यका मापदण्ड पालना गर्ने / गराउने हुनुपर्दछ |

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.