शेखर गोल्छा बने नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष
काठमाडौं । नेपालका उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा शेखर गोल्छाले आइतवारबाट कार्यभार सम्हालेका छन् ।
युनियन लाईफ इन्स्योरेन्सका सञ्चालक समेत रहेका निवर्तमान बरिष्ठ उपाध्यक्ष गोल्छा महासंघको विधान अनुसार आज (निर्वाचन मत परिणाम घोषणा भएको मिति) देखि स्वतः अध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार महासंघको ५४ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
नव नियुक्त अध्यक्ष गोल्छाले आइतवार पद तथा गोपनियताको शपथग्रहण गरेर पदभार सम्हाल्ने कार्यक्रम थियो ।
Facebook Comments Box
