फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ?
किरण चेम्जोङ ।
आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा समानीय सरकारज्यूलाई मेरो सानो खुलापत्र लेख्न चाहन्छु । म नेपाली राष्ट्रिय टोलीकोतर्फबाट कप्तान किरण चेम्जोङ आफनो व्यक्तिगततर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभए सम्पूर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरि पूर्ण सुचारु गर्न हजुरहरुलाई आनुरोध गर्दछु किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधैं मर्ममै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडी चैं सधैं काठमाडौंको धुलोमा तपाईंहरु चैं चिल्लो गाडीमा ।
खेलकुद मन्त्रालय र खेलकुद परिषदका माननीयज्यू र सम्माननीय आदरणीय नेपाल सरकारज्यूले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ । तर यतिका महिना खेलाडी खेलकुद कुन दुर्दशामा छ भने एउटा झनक पनि चासोको विषय नबनाइको देख्दा फुटबलमा भविष्य खोज्ने भाइ बैनीहरुमा कतिको असर परेको छ भने कुरा खुलस्त रुपमा देख्न सकिन्छ । सम्पूर्ण देशमा फुटबल सुरु भैसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन ।
खेलाडीका लागि मात्र होइन खेलकुद लागि पनि बोलिदिने मान्छे भएन । सबै देशमा फुटबल सुरु भैसक्दा पनि हाम्रो देशमा खेल मैदानको लागि दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ म्यूजिक भिडिओको लागि प्रवेश खुला हुने । फुटबलका लागि खेल्न चैं किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण खेलमैदानमा खेल सुचारु गरिदिन अनुरोध गर्दछु ।
आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले नेपाली फुटबलको विकासका लागि कसैले केही गरिरहेको देखिन । फुटबल खेलाडीले खेल्न बिर्सीसके सरकार फुटबल राजनीति जस्तो होइन बोले र मख्ख पर्न फुटबलमा हात खुट्टाले दिमाग लगाएर खेल्ने गरिन । चिलो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न ।
दुई खुट्टा चलाएर घर परिवार हेर्नूपर्ने हुन्छ । सात महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ? जुन खेलाडी खेलेर नै जिविका चलाउँथो ऊ त आज भोलि खेलमैदान छोडेर विदेश पो जाँदैछ त । लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राज्ययको माननीयज्यू ? । जय देश जय देश जय नेपाली फुटबल ।
