प्रभु लाइफ इन्स्योरेन्सले पायो आईपीओ जारी गर्ने अनुमति
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले गत मंसिर ११ गते शुक्रवार सो मात्राको सेयर जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ ।
Facebook Comments Box
