समीट लघुवित्तको ५४ हजार ९ सय कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार ९ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सूचना प्रकाशन गर्दै यस्तो जनकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेरी के कति कित्ता खरिद गर्ने हो सो समेत खुलाई संस्थाको केन्द्रीय कार्यालय, गोरखामा आइपुग्ने गरि निवेदन दिनु पर्ने छ ।

Facebook Comments Box
