Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

विद्युत् प्रणाली सुधार तथा स्तरोन्नतिका लागि एडिबीको १८ अर्ब ऋण सहयोग


१२ मंसिर २०७७, शुक्रबार १४:१५

काठमाडौं । नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करिब १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवं विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागिएको हो ।

नेपालमा विद्युतको पहुँच अधिक जनसङ्ख्यामा पुग्दै गएको उल्लेख गर्दै बैंकले वर्तमान र भविष्यका मागहरू पूरा गर्दै विश्वसनीय रुपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन उक्त ऋण सहयोग प्रभावकारी हुने विश्वास लिएको छ ।

यस्तै प्राधिकरणको संस्थागत सुदृढीकरण एवं आधुनिकीकरण गर्दै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान कार्यलाई तीव्र रुपमा अगाडि बढाइनेछ । देशभरका ग्रीड सबस्टेसनको स्वसञ्चालन एवं विभिन्न क्षेत्रमा वितरण र प्रसारण प्रणालीलाई आधुनिकीकरण गरिनेछ । ती सबै काम प्राधिकरणले गर्नेछ ।

नेपालको ऊर्जा क्षेत्रको संस्थागत सुधारमा सक्रियताका साथ सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै एडीबीका ऊर्जा विशेषज्ञ जीवन आचार्यले सो परियोजनाले भरपर्दो एवं गुणस्तरीय बिजुली आपूर्ति गर्न सहयोगलाई निरन्तरता दिएको बताए ।

यस्तै २२०/१३२ केभी क्षमताका सबस्टेसनलाई स्वचालित बनाउन, ११३ किलोमिटर लामो नयाँ प्रसारण लाइन निर्माण एवं १४४ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति गर्दै काठमाडौँ उपत्यकाका ३५ हजार घरमा स्मार्ट मिटर जडानका लागि उक्त सहयोग रकम खर्च हुनेछ । यस्तै उपत्यकामा विद्युत् वितरण प्रणालीको नियन्त्रण कक्ष पनि निर्माण गरिनेछ ।

प्राधिकरणको संस्थागत क्षमतालाई वृद्धि गर्दै व्यावसायिक योजना लागू गर्न, स्वचालित ग्रिड सबस्टेसनमा काम गर्ने कर्मचारीलाई तालीम दिनेलगायतका काममा बैंकको उक्त सहयोग परिचालित हुनेछ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.