एनआइबीएल सहभागीता फन्डको न्याभ बढ्यो
काठमाडौं । कात्तिक मसान्तसम्म आइपुग्दा एनआइबीएल सहभागीता फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । १ महिनाको अवधिमा न्याभ ६३ पैसाले बढेर ११ रुपैयाँ ९१ पैसा पुगेको छ ।
असोज मसान्तमा यसको न्याभ ११ रुपैयाँ २८ पैसा रहेको थियो । कात्तिक सम्ममा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने घटेको छ ।
सूचीकृत कम्पनीहरुको शेयरमा लगानी ६ दशमलव ५३ प्रतिशतले घटेर १३ करोड ४८ लाख रुपैयाँ कायम भएको छ ।अघिल्लो महिनामा फन्डले सूचीकृत शेयरमा १४ करोड ४२ लाख ७७ हजार रुपैयाँ लगानी गरेको थियो । यस फन्डले अहिले ४२ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।
Facebook Comments Box
