शेयर बजार सुधारको क्रम जारी, आज नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । शेयर बजार परिसूचक मापक नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।आज बिहीबारको कारोबार समय भन्दा अघि १५ मिनेट खुला हुने प्रि ओपन सेसनमा नै उक्त रेकर्ड ब्रेक भएर नयाँ रेकर्ड बनेको हो ।
बिहिबारको प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ प्रतिशत अर्थात १९.९७ अंकले बढेर १८९४.७९ को विन्दुमा पुगेपछि नेप्से सूचक हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यस अघि सन् २०१६ जुलाई २७ मा नेप्से सूचक १८८१.४५ को विन्दु ब्रेक भएको हो ।
Facebook Comments Box
