Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

हिटलर, मुसोलिनी, पोलपोट,माओ र देङ्ग


१० मंसिर २०७७, बुधबार १३:४६

केशवप्रसाद भट्टराई ।
१. दुनियाँले फासिस्ट भनेर चिन्ने इटालीका तानाशाह बेनिटो मुसोलिनीका बाबु समाजवादी थिए ।
मेक्सिकोका वामपन्थी राष्ट्रपति बेनिटो जुरेजबाट प्रभावित भएर मुसोलिनीको नाउ पनि बेनिटो राखिएको थियो ।
उनको नाउका दुई वीचका शव्द पनि इटालीका समाजवादी नेता अमिल्केयर सिप्रियानी र एन्द्रिया कोस्ताको नाउबाट लिइएको थियो ।
१९०२ (१९०४ को वीचमा स्विट्जरल्यान्डबाट प्रकाशित हुने ’श्रमिकको भविष्य’ जस्ता पत्रिकामा उनले लेखहरू लेखे ।
आफ्ना भाषणहरूमा र लेखहरूमा उनी कार्ल मार्क्सका उग्र प्रशंसा गर्दथे ।
हिंसात्मक क्रान्तिको समर्थन गर्दथे क्ष् देशभक्ति र राष्ट्रवादको कटु विरोध गर्दथे ।
१९१२मा इटालीको समाजवादी दलको मुख पत्र “अवन्ति“ अर्थात “अग्रगमन“ को सम्पादन पनि गरेका थिए ।

२. जर्मन तानाशाह एडोल्फ हिटलरको नेतृत्वको राजनीतिक दलको त नाउ नै “नेसनल सोसलिस्ट जर्मन वर्कर्स पार्टी“ अर्थात् नाजी पार्टी थियो ।
हिटलर र मुसोलिनी कै राजनीतिक महत्वाकांक्षाले दोस्रो विश्व युद्ध गराएको मात्रै थिएन, आफ्नै मुलुक भित्र पनि उनीहरूले लाखौँ निर्दोष जनताको हत्या गराए ।

३. मानव इतिहासको कलंकको रूपमा चिनिएका कम्बोडियन कम्युनिस्ट पार्टीका नेता तथा प्रधानमन्त्री पोलपोटको शासन कालमा कम्बोडियाका एक चौथाई मानिस मारिए ।
माओको सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर संचालन गरेको कृषि क्रान्ति र माओको ग्रेट लिप फरवार्ड बाट प्रभावित भएर उनले संचालन गरेको सुपर ग्रेट लिप फरवार्डको क्रममा भुखमरी, राज्य द्वारा भएको अत्यधिक श्रम शोषण र क्रान्ति विरोधीको नाउमा भएको हत्यामा कम्बोडियाका एक चौथाई जनसंख्या मारिए, मरे ।

४. माओको सांस्कृतिक क्रान्ति र ग्रेट लिप फरवार्डका कारण चीनका ६० करोड जनसंख्या मध्ये पाँच करोड मानिस मारिए । कृषि र उद्योग क्षेत्र ध्वस्त भयो ।
चीन विश्वको गरीव मुलुक भन्दा गरीव मुलुकको श्रेणीमा पुग्यो ।
जनताको जीवन स्तरमा निरन्तर ह्रास आइरह्यो ।

५. देङ्ग सियाओ पेङ्ग र उनले अवलम्वन गरेको नीति अन्तर्गत उदार आर्थिक नीतिको अनुशरण ले मात्रै आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।
माओ युगको चार प्रतिशत आसपासको वार्षिक वृद्धि दर देङ्ग युग आएपछि २०१० सम्म लगातार १० प्रतिशत भन्दा माथि रह्यो र २०१० पछि त्यो सरदार ७ प्रतिशतमा छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.