Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेप्सेमा एकै दिन झण्डै ६५ अङ्कको वृद्धि


१० मंसिर २०७७, बुधबार १२:४०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से ६४.७० विन्दुले उकालो लागेर एक हजार ८४७.८१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.९६ विन्दुले उकालो लागेर ३६२.३३ मा पुगेको छ । शेयर बजार २०७३ साउन १२ गते बुधबारकै हाराहारीमा पुगेको छ । सो दिन नेप्सेले एक हजार ८८१.४५ विन्दु कायम गरेको थियो । उक्त विन्दुमा पुग्नका लागि आज मात्रै सात अङ्क कम रहेको छ ।

नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत पाँच अर्बमाथि पुगेको छ । कूल १९६ कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार ४८८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । होटल उपसमूह १.०२ विन्दुले ओरालो लाग्दा बैंकिङ ४०.४, व्यापार १७९.९९, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, वित्त १५.२८, निर्जीवन बीमा ३१६.६९, उत्पादन ३००.३३, अन्य ९५.२१, लघुवित्त १०६.८६, जीवन बीमा १९०.४३ र सामूहिक लगानी कोष ०.१५ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेको इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४२ करोड २९ लाख ९८ हजार ५२६ बराबरको कारोबार भयो । यस्तै, पुनर्बीमा कम्पनी रु ३६ करोड ७३ लाख ८४ हजार २७४, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ७९ लाख नौ हजार ८९१, नबिल बैंक रु २९ करोड ६२ लाख ३५ हजार ३३३, नेपाल बैंक रु २३ करोड ४१ लाख ५० हजार ७५०, शिखर इन्सुरेन्स रु २० करोड ६० लाख ९६ हजार २४५ र प्रभु बैंकको रु १९ करोड ६० लाख ७४ हजार २४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा विशाल बजार कम्पनी १०, शिवम् सिमेन्ट १०, एनएमबी माइक्रोफाइनान्स १०, नेपाल पुनर्बीमा कम्पनी ९.९२, अजोड इन्सुरेन्स ९.९१, नेपाल दूरसञ्चार कम्पनी ९.८६, आँखु खोला जलविद्युत् कम्पनी ९.७७, शिवश्री हाइड्रोपावर ९.६८, ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए ।

यस्तै, नेशनल हाइड्रो पावर ५.८०, लक्ष्मी इक्विटी फन्ड ३.६८, सिनर्जी पावर २.०८, युनिभर्सल पावर २.०३, एभरेष्ट बैंक १.९८ जानकी फाइनान्स १.९५ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.