बैंक अफ काठमाण्डूको १६ हजार ९ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले १६ हजार ९ सय ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशन गर्दै उक्त शेयर विक्री लागेको बताएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त शेयर सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।

Facebook Comments Box
