Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेप्से परिसूचकले १८ सयको विन्दु पार गर्यो


९ मंसिर २०७७, मंगलवार १०:२४

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले मंगलबार नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।

आइतबार र सोमबार मात्रै झण्डै १२ अर्ब बराबरको कारोवार भएको बजारमा मंगलबार पनि कारोवार रकम पाँच अर्ब ४४ करोड बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो । स्टकका अनुसार नेप्से २९.६८ विन्दुले उकालो लागेर एक हजार ८१०.११ म पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ विन्दुले उकालो लागेर ३४९.३७ मा पुगेको छ । कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरीदबिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ३४.९२ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२, वित्त ६.२३, निर्जीबन बीमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन बीमा २४८.५२ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेका छन् ।

कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोवार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड ५१ लख १७ हजार १८८, नेपाल पुनर्बीमा कम्पनी रु २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरी रु २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्स रु २० करोड १४ लाख ७३ हजार ५८६, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेड रु १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्ट रु १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोवार भई शीर्ष स्थानमा छन् ।
कारोबार भएका कम्पनीमध्ये १२४ को शेयर उकालो लागेको छ भने ३५ कम्पनीको शेयर ओरालो लाग्दा १३ को भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आज बोटलर्स नेपाल तराई ९.९९, हिमालयन डिष्टिलरी ९.९८, विशाल बजार कम्पनी ९.९५, आँखु खोला जलविद्युत् कम्पनी ९.९२, मल्टीपर्पोज फाइनान्स ९.८७, अजोड इन्स्योरेन्स ९.८६, ङादी ग्रुप अफ पावर ९.७३, नेको इन्स्योरेन्स ९ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.८२ प्रतिशतले कमाए ।

यस्तै सोल्टी होटल ३.२०, सप्तकोशी डेभलपमेन्ट कम्पनी ३.०७, जानकी फाइनान्स २.६५, युनिलिभर नेपाल २, अपि पावर कम्पनी १.९२, एभरेष्ट बैंक १.७८, गणपति माइक्रोफाइनान्स १.७८, हिमालयन बैंक १.५०, नेपाल फाइनान्स १.४९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.