महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा गंगाधर पाण्डे नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गंगाधर पाण्डे नियुक्त भएका छन् ।
मंसिर ८ गतेदेखि नवकिरण लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरेको महुली लघुवित्तले मंसिर ८ गतेदेखिनै लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ ।
यसअघि पाण्डे नवकिरण लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
Facebook Comments Box
