म्याग्दी हाइड्रोपावरको वार्षिक साधारणसभा मंसिर ३० गते
काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजे हुने भएको छ ।
कात्तिक १७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो को स्वीकृत गर्ने, आर्थिक बर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल गर्ने छ ।
Facebook Comments Box
