एनआईसी एशिया बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले भोलि मंसिर १० गते बुक क्लोज गरेसँगै आज मंगलवारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजन समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको यस बैंकले यो वर्ष बोनस शेयरमा जोड दिएको छ । गत वर्षभन्दा यस वर्ष बैंकको लाभांश १ दशमलव शून्य ५३ प्रतिशतले घटेको हो ।
बैंकको कार्तिक २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा मंसिर २१ गते, आइतबार बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुने जनाएको छ ।
Facebook Comments Box
