प्रभु बैंकद्वारा सञ्चालनमा ल्यायो केवाइसी सेवा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकमा खाता खोली कारोबार गर्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.com गरी अनलाइन मार्फत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ ।
जसबाट सो प्रयोजनकालागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पूर्णरुपमा हटेको छ । प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरु तथा समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिकलाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ
Facebook Comments Box
