लोकसेवा आयोगद्धारा बागमती प्रदेशका लागि ४६९ जना कर्मचारी माग
काठमाडौं । बागमती प्रदेशका लागि लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । उक्त प्रदेश लोक सेवा आयोगले सोमबार आज एक सूचना जारी गर्दै प्रदेशका विभिन्न स्थानीय र मन्त्रालयका लागि कर्मचारी माग गरेको हो ।
आयोगले प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुई मन्त्रालय गरी सहायक स्तर चौथो तहका चार सय ६९ जना कर्मचारी माग गरेको छ ।
आयोगले उक्त प्रदेशका लागि ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुई वटा मन्त्रालयका २२ जना गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरेको हो ।

Facebook Comments Box
