सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश प्रस्ताव गर्ने, बोनश र नगद कति ?
काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभांश घोषणा गरिएको छ ।
बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ दशमलव ८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल ८ दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Facebook Comments Box
