नेप्सेमा आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको १५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ८६१ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य ९९० थियो ।
कम्पनीले साधारणसभाको लागि मङ्सिर ८ देखि मङ्सिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले बुक क्लोज संगै मूल्य समायोजन भएको हो । कम्पनीले मङ्सिर २२ गते सभा आह्वान गरेको छ ।
Facebook Comments Box
