गरिमा विकास बैंक १४औँ वर्षमा प्रवेश
काठमाडौं । गरिमा विकास बैंक १४औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आजभन्दा १४ वर्ष अघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरि वित्तीय कारोबार शुरु गरेको हो ।
चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
हालसम्म बैंकले १०५ वटा शाखाबाट सेवा दिँदै आइरहेको छ । देशका सबै प्रदेश सहित बजार देखि गाउँसम्म आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ
Facebook Comments Box
