Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

काठमाडौंका चार वटा प्रयोगशालासँग स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टिकरण


७ मंसिर २०७७, आईतवार १६:२०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका चार प्रयोगशालासँग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण माग गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा स्टार अस्पताल सेन्टर, डाइग्नोष्टिक ल्याबरोटोरी, सूर्य हेल्थ केयर र ह्याम्स अस्पतालसँग २४ घण्टाभित्र स्पष्टिकरण माग गर्न निर्देशन दिएको जानकारी दिए ।

केहीसमय अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरि नेगेटिभ नतिजा भएको रिपोर्ट लिएर नेपाल वायुसेवा निगममार्फत काठमाडौंबाट हङकङ, दुबई, र जापान पुगेका नेपालीहरुको त्यहा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको थियो ।

उक्त विषयमा छानविन गर्न भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयले उक्त घटनाको विषयमा छानविन गर्न राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका निर्देशकको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले तीनवटा प्रयोगशालासँग स्पष्टिकरण माग गर्न निर्देशन दिएको प्रवक्ता गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण गर्ने सबै प्रयोगशालाहरुलाई कोभिड १९ परीक्षण गर्न लिइएका स्वाबका नमुनाहरु नेगेटिभ रिपोर्ट आएकाहरुको एक महिना र पोजेटिभ रिपोर्ट आएका नमुना तीन महिनासम्म स्टोर गर्नुपर्ने नियम लागू गरेको भएपनि ती प्रयोगशालाहरुले उक्त नियम पालना नगरेको डा गौतमको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.