Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

बलियो समय हो कि नेता ?


२७ आश्विन २०७७, मंगलवार ०४:०१

डा. अरुणा उप्रेती ।

पाण्डवहरूले सबै राजपाठ छाडेर पाँच गाउँमात्र माग्दा दुर्योधनले सियोको टुप्पो जति जमिन पनि दिन्न भने । त्यही घमण्डले उनले आफूसहित कौरव वंशै नष्ट गरे । दृष्टिहीन धृतराष्ट्रले पुत्र मोहमा दुर्योधनको एकपछि अर्को अपराधलाई बेवास्ता गर्दै गए । त्यसैले उनले छोराहरूको श्राद्ध गर्नुपर्यो। भान्जा कृष्णलाई मारेर अजम्मरी हुन खोज्ने कंश पनि अविवेक र रिसबाट आफैं नष्ट भए । कंसलाई उनकी पत्नीसमेत सहकर्मीले बारम्बार सम्झाएका पनि हुन् । आफूलाई सर्वशक्तिमान ठान्ने रोग लागेकाले ज्ञानगुन उनका लागि विष समान थियो । रावणमा पनि सम्पत्ति, वासना र घमण्डकै अतिले समाप्त भए । उनले शिवजीबाट पाएका यी तीनै शक्तिका बीचमा के समानता छ भनेर हेर्दा छर्लंगै हुन्छ । आफू सर्वेश्रेष्ठ र अरू तुच्छ ठान्ने सोचले उनको अन्त्य भयो ।

दुर्योधन, कंश र रावणको अहंले हस्तिनापुर, मथुरा र लंकाका साधारण जनताले दुःख पाउनु पर्यो । हामी त्यही नियति भोगिरहेका छौं। धृतराष्ट्रको पुत्रमोह, दुर्योधनको दर्प, भीष्म र कर्णको विवशताले महाभारत निम्तायो । हामी पनि त्यतै त गइरहेका छौनौं ?
प्रकृतिको नियमानुसार हरेकको अन्त्य हुन्छ । यो राजनीतिक नौटंकीको पनि अन्त्य हुने नै छ । इरानका शाह पहलवीले २ हजार ५ सय वर्ष पुरानो सत्ताका साथै देशै छाडेर भाग्नु पर्यो । इदी अमिनजस्ता क्रुर र नरभक्षी शासकले पनि राजपाठमात्र हैन देश युगान्डा छाडेर भाग्नुपर्यो । फिलिपिन्सका फर्डिनान्ड मार्कोसले पनि जनआक्रोशको वेग थाम्न नसकेपछि शिर झुकाएर भाग्नै पर्यो। हाम्रै देशका ज्ञानेन्द्रको कथा त कसैले बिर्सनु नपर्ने हो।

तर, जनता भोकले छटपटिँदा, सुत्केरीहरू प्रसव वेदनामा अर्धमृत हुँदा, मृत्युपछि आफन्तको अन्तिम संस्कार गर्न पनि नपाउँदा, नवजात शिशुले दुध खान नपाउँदा पनि अहम् र शक्ति प्रदर्शन भइरहँदा इतिहासको सबै शिक्षा बिर्सेको देख्दा सत्ताको मोह वा आफू बलियो छु भन्ने भावनाले बढी नै प्रेरित भए कि भन्ने लाग्छ ।

हुन त नेताहरूको खाना रोकिएको छैन, पेय पदार्थ र मिष्ठान्नको कमी छैन, एक बटुको दुध नपाएर शिशु रन्थनिएको देख्नु परेको छैन । त्यसैले कंश झैँ सबैलाई जित्न सक्षम छु भन्ने अहंकारले ग्रस्त भएर उनीहरू बसिरहेछन् । रावण झैँ मैले जे गरे पनि हुन्छ भन्ने घमण्डले फुलेर। जहिलेसम्म सहन सक्छन् जनताले दुःख पाउन् न हामी हाम्रो हठ किन छाड्नें भन्ने घमण्डमा नेताहरू छन्। यत्रा मानिसको पीडा, आँसु र वेदनाको श्राप लाग्दैन होला र ती नेतालाई? आफूलाई सर्वशक्तिमान मान्ने हिटलरले आत्महत्या गर्नुपरेको थियो। हजारौँ इराकीलाई एकै दिनमा मार्ने सद्दाम हुसेन पनि झुण्डिन पर्यो। आफूलाई जनताको आँखाको नानी ठान्ने रुमानियाका निकोलाइ चाउसेस्कुलाई तिनै जनताले मारे ।

जनता मेरा पछाडि छन् भन्ने नेताहरू ज्यान जोगाउन नसकिने डरले बाटोमा एक्लै हिँड्न सक्तैनन्। मोटरमा बसेर हात हल्लाउन रमाउनेहरूले बुझुन् जनतालाई धेरै बिच्किए भने उनीहरू पनि मोटरबाट ओरालेर सजाय दिन सक्छन्।
नेताहरूले जनतालाई दिएको पीडाको आँसु हतियार बनेर ’बुमर्याङ’ भएपछि मात्रै बुद्धि आउने हो कि? कंश र रावणको जस्तो सर्वनाशको बाटो रोज्ने हो कि? धृतराष्ट्रले झैँ सन्तानको चितामा आसु खसाल्ने हो कि? समयले नै बताउला। किनभने समय सबभन्दा बलवान् हुन्छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.